मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १२ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o बैशाख १२ मंगलबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिगण्डकीको महिमा जगाउन बागलुङमा शालग्राम महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १२ मंगलबार १७:३८:oo

बागलुङमा शालग्राम महोत्सव सुरु भएको छ। सोमबारदेखि बागलुङ नगरपालिका—४ कुँडुले फेदीमा रहेको शालग्राम संग्रहालयमा महोत्सव सुरु भएको हो।

धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको शालग्राम (शालिग्राम) पत्थरको संरक्षण र यसको महत्व बुझाउन महोत्सव आयोजना गरिएको हो। कुँडुले फेदीमा रहेको श्रीधराचार्य शालग्राम संग्रहालय तिरुपति बालाजीधाममा वैशाख १५ गतेसम्म महोत्सव चल्नेछ। महोत्सव सोमबार कालिगण्डकी नदीबाट शुभारम्भ गरिएको थियो।

महोत्सवको शुभारम्भ गर्दै गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले धार्मिक रूपमा महत्वपूर्ण शालग्राम शिला र कालिगण्डकी बचाउन सबै लाग्नुपर्ने बताइन्। शालग्राम जोगाउन संग्रहालय निर्माण गरिएकाले त्यसको प्रचारप्रसारका लागि महोत्सव महत्वपूर्ण हुने उनको भनाइ छ।

कार्यक्रममा बागलुङ नगरका उपप्रमुख राजु खड्काले धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बतााए। महोत्सवमा साहित्य संगीत र साधनाबाट कृष्ण गण्डकी र शालग्रामको महिमा र महत्व बुझाइने महोत्सव मूल आयोजक समितिका संयोजक एवं श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष स्वामी श्री ऋषिप्रपन्नाचार्यले जानकारी दिए।