१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Sunday, 22 September, 2024
२o७९ चैत १९ आइतबार १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितको अर्को समूह काठमाडौं जाँदै, सहमति कार्यान्वयनमा आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १६:४२:oo

महोत्तरीबाट मिटरब्याजपीडितको अर्को समूह पनि काठमाडौं जाने भएको छ। सरकारले काठमाडौंमा विभिन्न सहमति गरे पनि आफूहरू विश्वस्त हुन नसकेको भन्दै उनीहरू काठमाडौं जाने भएका हुन्।

सरकारले सहमति गरेका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै उनीहरूले आन्दोलनबाट पछि नहट्ने जनाएका छन्।

आइतबार जिल्लाको गौशालामा पीडितहरूले आन्दोलन गरे। गौशाला नगर परिक्रमा गर्दै उनीहरूले नगरपालिका कार्यालय प्रांगण पुगेर आफूहरूको आन्दोलनमा सघाउन स्थानीय सरकार गुहारेका छन्।

नगर कार्यालय पुगेका पीडितहरूलाई मेयर डा. दीपेन्द्र महतोले काठमाडौं जान यातायातको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नगरपालिकाभित्रका पीडितहरूलाई पालिकाको न्यायिक समितिमा निवेदन दिन पनि आग्रह गरेका छन्। पीडितहरू आजै वा भोलि काठमाडौंका लागि निस्कने तयारीमा छन्।