
अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरुद्धको अकुत सम्पत्ति मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा एक करोड ९१ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको भन्दै दायर मुद्दामा विशेष अदालतले १५ कात्तिकमा सिंहसँगै श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई सफाइ दिएको थियो ।
तर, अख्तियारले विशेषको फैसलाविरुद्ध शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
सिंह र उनको परिवारका सदस्यको चल–अचल सम्पत्ति, सेयर लगानी, बिमा, बैंक मौज्दात हिसाब गर्दा तीन करोड ५१ लाख ८२ हजार रहेको अख्तियारको दाबी थियो । त्यसमध्ये सिंहको वैध आय एक करोड ६० लाख २१ हजार १८ रुपैयाँ रहे पनि बाँकी एक करोड ९१ लाख ६१ हजारबराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ।