१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ फाल्गुण ७ आइतबार १२:०६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लक्ष्मी बैंकको दुई नयाँ एक्सटेन्सन काउन्टर पोखरामा

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ७ आइतबार १२:०६:००

लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । कास्कीको पोखरा महानगरपालि– ११ स्थित मनिपाल अस्पताल र वडा नम्बर १७ स्थित हिमालय आँखा अस्पतालमा एक्स्टेन्सन काउन्टर स्थापना गरिएको हो ।

यी एक्स्टेन्सन काउन्टरहरूको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा एक सय ४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, एक सय ७९ एटिएम, २ हजार पाँच सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यसको साथ आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ ।