Skip This
लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ बचत योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ बचत योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:o३:oo

लक्ष्मी बैंकले फिफा विश्वकपको अवसर पारेर नयाँ बचत योजना ल्याएको छ । बैंकले ‘सेभ लाइक अ च्याम्पियन (बचत गरौँ, च्याम्पियन बनौँ)’ भन्ने नारासहित बचत योजना ल्याएको हो । 

गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाउ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यले यो बचत खाता सञ्चालनमा ल्याएको प्रसंग उल्लेख गरेको छ । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरूको भविष्य उज्ज्वल बनाउन ‘बचत’को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकको भनाइ छ ।

अभियान २० नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म सञ्चालन हुने जनाइएको छ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्तालाई पूर्वस्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रिन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरू) र खुत्रुकेलगायतका आकर्षक उपहारहरू प्रदान गरिने बैंकले जनाएको छ । 

ad
ad