१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १o:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चौधरी ग्रुप र ताजको साझेदारीमा ‘एक्यम’ भेन्चर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:१९:oo

चौधरी ग्रुपले भारतको प्रख्यात ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामक संयुक्त भेन्चरको सुरुवात गरेको छ । सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा ताजसँगको बृहत् साझेदारीमा हस्ताक्षर गरेका हुन् । सिजीले ताज ग्रुपसँग मिलेर नेपालमा तीनवटा होटेल सञ्चालनमा ल्याएको छ । यस्तै, थप तीनवटा होटेललाई पनि ताजमा रूपान्तरण गर्ने गरी निर्माणको काम भइरहेको सिजी हस्पिटालिटीले जनाएको छ ।

काठमाडौंको भिभान्ता, चितवनको मेघौलीमा मेघौली सेराई र भरतपुरमा भिभान्ता सञ्चालनमा छन् । ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ । नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यकै रूपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको सिजी हस्पिटालिटीले जनाएको छ । ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिन सक्ने बताइएको छ । 

हिमालयन बेल्ट र इन्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला कम्पनीसँग मिलेर नेपालमा लगानी विस्तार गर्दै आइरहेको छ । हालै मात्र नेपालमै भारतीय दुईपांग्रे ब्रान्ड हिरोको एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । केही समयअघि अडानीसँग मिलेर नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहारमा निर्यात सुरु गरिसकेको छ । 

‘हामी टाटा ग्रुपसँग दशकौँदेखि सहकार्य गर्दै आएका छौँ, आगामी दिनमा थप प्रख्यात लगानीकर्तासँग सहकार्य गरेर नेपालमा लगानी भिœयाउनेछौँ,’ सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महŒवपूर्ण छ ।’ विश्वव्यापी स्थापित ताजसँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो योगदान पुगेको उनको भनाइ छ । चौधरी ग्रुपले भारतको चर्चित ब्रान्ड गोदरेज, इफ्को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ ।

ad
ad