१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आर्थिक सुधारका लागि बोल्ड निर्णय गर्न अर्थमन्त्रीलाई सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:३o:oo

राज्य संयन्त्रमा रहेका समस्यालाई सच्याउन सही समय आएको भन्दै हिम्मत गर्न अर्थमन्त्री वर्षमान पुनलाई अर्थशास्त्रीहरूले सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘प्रि–बजेट राउन्ड टेबल’ कार्यक्रममा अर्थशास्त्री प्रा.डा. अच्युत वाग्लेले राजनीतिक क्रान्ति गरेर आएका अर्थमन्त्री र उनको टिमसमक्ष अब राज्य संयन्त्रमा रहेका समस्या हटाउन सुधारको हिम्मत चाहिएको बताए ।

‘आर्थिक क्रान्तिका लागि ठीक समय आएको छ, तपाईं त्यो ठाउँमा हुनुहुन्छ,’ उनले भने, ‘हिम्मत गर्नुहोस् ।’ उनले परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा रहेको भन्दै सुधारका लागि बोल्ड निर्णय चाहिएको बताए । अर्थविद् विश्वास गौचनले आगामी आव १६औँ आवधिक योजनाको पहिलो बजेट रहेको भन्दै दीर्घकालीन योजना र बजेटका बीचमा तालमेल मिलाउन सुझाव दिए ।  

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ बजेटले निजी क्षेत्रका अपेक्षा पूरा गर्ने आशा व्यक्त गरे । नेपाल उद्योग परिसघका अध्यक्ष राजेशकुमार अग्रवालले आगामी आर्थिक वर्षमा कोभिडअगाडिका नीतिहरू पुनः फर्काउनुपर्ने आवश्यकता रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रको मनोबल माथि नउठेसम्म सरकारसमेत सफल हुन नसक्ने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बैंकमा लगानीयोग्य रकम थुप्रिने, तर अर्थतन्त्र चलायमान नहुने अवस्थाले लगानीकर्तामा आत्मबल नभएको संकेत गरिएको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् निर्माणले केवल बिजुली मात्र नबलेर सडक, बजार विस्तार र रोजगारी एकसाथ सिर्जना हुने भन्दै बजेटले विशेष प्राथमिकता यस क्षेत्रलाई दिनुपर्ने सुझाव दिए । 

छलफलमा अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको आत्मविश्वास उठाउने गरी बजेट आउने भन्दै निजी क्षेत्रले समेत यसमा साथ दिनुपर्ने बताए । मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ । अर्थसचिव मधुकुमार मरासिनीले छलफलमा उठेका अधिकतम विषयवस्तुलाई ध्यानमा राखेर बजेट निर्माण गरिने आश्वासन दिए । 

ad
ad