१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आर्थिक पारदर्शिताका लागि लेखा परीक्षक आवश्यक : राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:२५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न निकाय तथा क्षेत्रमा आर्थिक पारदर्शिता कायम गर्न दक्ष लेखा परीक्षक (चार्टर्ड एकाउन्टेन्ट) आवश्यकता भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आर्थिक संकट र समाधानका विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लेखा परीक्षककै कारण मुलुकमा हुने कुनै पनि आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न सहयोग पुगेको उनले बताए । राजस्व छली, आर्थिक चुहावट, आर्थिक अपराधजस्ता गतिविधि नियन्त्रण गर्न लेखा परीक्षकको भूमिका रहेको उनको भनाइ छ । 

‘लेखा परीक्षकले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । तपाईंहरूकै कारण आर्थिक पारदर्शिता कायम हुने हो,’ उनले भने, ‘सोहीअनुसार काम गर्न आग्रह पनि गर्दछु ।’ यस्तै, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी शाहले लेखा परीक्षकको समस्या समाधान गर्न सरकार सकारात्मक भएको बताइन् । ‘लेखा परीक्षकहरू पेसाबाट पलायन भएको गुनासो यहाँहरूले गर्नुभएको छ । यस्ता समस्यालाई समाधान गर्न पहल गर्नेछु,’ उनले बताइन् । 

मुलुकको समृद्धिका लागि कृषि क्षेत्रलाई पनि सहयोग गर्न उनले आग्रह गरिन् । ‘कृषि क्षेत्र आर्थिक समृद्धिको आधार बन्न सक्छ । यस क्षेत्रमा १५ वर्षसम्मलाई सहुलियत ऋण दिन सकेमा ठूलो क्रान्ति हुन्छजस्तो लाग्छ । सुन्तला, धानलगायत उत्पादनमा आत्मभिर्नर बन्न सकिन्छ,’ उनले भनिन्, ‘यसका लागि सरोकारवालालाई सहयोग गर्न आग्रह गर्दछु ।’ यस्तै, एक्यानका अध्यक्ष दीपक पाण्डेले सम्मेलनमा भएको छलफलबाट आएको निष्कर्षअनुसार काम भएमा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए । 

ad
ad