१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

महालक्ष्मी बैंकको सिइओमा दीपेश लम्साल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२७:oo

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपेश लम्साल नियुक्त भएका छन्।

२३ माघमा सम्पन्न बैंक सञ्चालक समितिको ५८५औँ बैठकले लम्साललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

उनले दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन्। 

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत १ माघदेखि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

यसअघि ०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा सफलतापूर्वक बैंकको नेतृत्व गरेको बैंकले जनाएको छ। 

१५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ। यसबीचमा उनले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरेका छन्। बैंकले मंगलबार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सिइओ लम्साललाई स्वागत गरेको थियो। 
 

ad
ad