१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २६ मंगलबार १८:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सनराइज र लक्ष्मी बैंक मर्जरमा जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार १८:१४:oo

सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जरमा जाने प्रारम्भिक सहामति भएको छ। दुई बैंकको सञ्चालक समितिहरूको बैठकको निर्णयानुसार गाभ्ने–गाभिने (मर्जर) कार्यका लागि पौष २५ गते दुवै संस्थाका अध्यक्षले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

दुवै संस्थाका सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विशेषज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त मर्जर समितिमा विस्तृत छलफल गरी समितिले सिफारिस गरेको प्रतिसेयर मूल्यलाई दुवै पक्षको सञ्चालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भएबमोजिमको सेयर अनुपात कायम हुने सहमति भएको छ।

सनराइज बैंक लिमिटेडको चुक्ता पुँजी करिब रु. १० अर्ब १२ करोड रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पुँजी करिब रु. ११ अर्ब ५५ करोड रहेको छ।