१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १४:०५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सम्हालिन नसक्दा नेपाललाई पाँच विकेटकाे क्षति   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १४:०५:००

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँच विकेट गुमाएको छ। 

सानदार सुरुवात गरेको नेपालले पहिलो ओभरमै २३ रन बनाएको थियो। नेपालले अहिले १० ओभरमै पाँच विकेट गुमाएर ७७ रन जोडेको छ। आठ बलमा पाँच रन बनाएर सन्दीप लामिछाने बाहिरिएका छन्। 

यसअघिको खेलमा सानदार सेन्चुरी बनाएका कुशल भुर्तेल आठ बलमा १६ रन बनाएर आउट भए।  कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। 

स्कटल्यान्डले ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको हो। स्कटल्यान्डका लागि मिचेल लिस्क एक्लैले एक सय सात रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रन बनाए।  

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर तीन विकेट लिए भने कुशल मल्लले नौ ओभरमा एक मेडन राख्दै ४९ रन खर्चेर दुई विकेट लिए।

सोमपाल कामीले नौ ओभरमा एक मेडन राख्दै ५२ रन खर्चेर एक विकेट लिए भने कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्रसिंह ऐरीले पाँच ओभरमा २५ रन खर्चेर एक–एक विकेट लिए।