१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेवा प्रवाहमा सहजता र सुधार ल्याउन प्रधानमन्त्री प्रचण्डले गरे सचिवहरूसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १४:१८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाहमा सहजता र आवश्यक सुधारका सम्बन्धमा सचिवहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्रालय तथा कार्यालय र सातै प्रदेशका प्रमुख सचिवहरूलाई डाकेर प्रधानमन्त्रीले छलफल गरेका हुन्।

छलफल तत्कालीन समस्या र आधारभूत सेवा प्रवाहमा सहजता ल्याउने सम्बन्धमा केन्द्रित रहेको थियो। बिहान ११ बजेदेखि सुरु भएको बैठक २ बजेसम्म चलेको थियो।

यही विषयमा भोलि मंगलबार पनि बैठक बस्ने बताइएको छ। भोलिको बैठकमा सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ।