१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
चुङ्बा शेर्पा, वाइल्डलाइफ फोटोग्राफर
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ३ आइतबार ११:११:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘वाइल्डलाइफ फोटोग्राफीमा प्यासन चाहिन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ३ आइतबार ११:११:००

चुङ्वा शेर्पा नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर हुन् । उनले जंगली याक, हिमचितुवालगायत दुर्लभ जनावरहको फोटो कैद गरेर अन्तर्राष्ट्रिय चर्चा बटुलिसकेका छन् । यद्यपि, वाइल्डलाइफ फोटोग्राफी सहज विधा नरहेको उनी बताउँछन् । ‘कतिपय अवस्थामा महँगो क्यामेरा पनि आवश्यक पर्छ । सायद मसँग ग्याजेट राम्रो नभएको भए खिच्न सक्दिनथेँ । तर, महँगो क्यामेराले मात्रै राम्रो फोटो खिच्ने होइन,’ उनले भने, ‘यसका लागि ठूलो धैर्य र प्यासन चाहिन्छ । जस्तो, कहिलेकाहीँ हप्तौँसम्म ढुकेर बस्दा पनि खोजेका जनावर आउँदैनन् र फोटो नखिची फर्कनुपर्छ ।’

वाइल्डलाइफ फोटोग्राफीसँगै अन्य काम पनि गर्न युवापुस्तालाई उनी सुझाव दिन्छन् । ‘नेपालमा व्यावसायिक रूपमै वाइल्डलाइफ फोटोग्राफी गर्ने अवस्था बनिसकेको छैन । त्यसैले तपाईंले साइडमा अन्य काम पनि गर्नुपर्छ । आफू र आफ्नो परिवारका लागि पुग्ने खर्च अन्य कामबाट आर्जन गर्न सक्नुभयो भने मात्रै विनाचिन्ता यस काममा लाग्न सकिन्छ,’ उनी थप्छन्, ‘तपाईंलाई रहर छ भने पूरा गर्नुपर्छ । तर, अरू सबै काम छाडेर वाइल्डलाइफ फोटोग्राफर मात्रै बन्छु भन्ने नसोच्नुस् । बरु, अन्य कामसँगसँगै समय निकालेर आफ्ना सपना पूरा गर्न निस्कनुस् ।’ 

चुङ्वा भन्छन्, ‘साँझको समयमा र बिहानमा फोटो खिच्न स्किल र ग्याजेट दुवै आवश्यक हुन्छ । क्यामेरा मात्रै भएर हुँदैन । त्यसका लागि फोटो खिच्ने सीप चाहिन्छ । लाइट राम्रो छ भने ३० लाखको क्यामेरा र पाँच लाखको क्यामेराको फोटो उस्तै हुन्छ ।’ 

उनी चितवन राष्ट्रिय निकुञ्जमा ३१, बर्दिया १०, शुक्लाफाँटामा १० पटक, कोसी टप्पुमा १५, इलाम तीन, मनाङ दुई र सगरमाथा सातपटक पुगिसकेका छन् । लाङटाङ, सगरमाथा, कालापत्थरलगायत हिमाली भेगमा हेलिकोप्टरमै जान्छन् ।