१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर २७ बुधबार ११:१८:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर २७ बुधबार ११:१८:००

अनिद्राको समस्या विभिन्न किसिमको हुन्छ । निद्रा नलाग्ने, पटक–पटक निद्रा खुल्ने, छोटो समय मात्र निदाउन सक्नेलगायत विभिन्न प्रकृतिका समस्या देखिन्छन् ।

कारण
अनिद्रालाई प्राइमरी र सेकेन्डरी रूपमा वर्गीकरण गर्न सकिन्छ । छोटो समयका लागि हुने साधारण अनिद्रालाई प्राइमरी अनिद्रा भनिन्छ भने विभिन्न रोगको कारण देखापर्ने जटिल अनिद्रा समस्यालाई सेकेन्डरी अनिद्रा भनिन्छ । 

दैनिक घटनासँग सम्बन्धित तनाव, जस्तै जागिर गुमाउनु वा परिवर्तन, प्रियजनको मृत्यु, सम्बन्धविच्छेद, बसाइसराइ आदि ससाना कारणले प्राइमरी अनिद्रा निम्त्याइरहेको हुन्छ । हाम्रोवरिपरिको वातावरण जस्तै– ठूलो आवाज, प्रकाश, वा तापक्रम आदि पनि यसका कारक हुन् । खराब खानपान, सुत्नुअघि स्क्रिन तथा मोबाइलको अत्यधिक प्रयोगलगायत पनि यसमा पर्छन् । 

सेकेन्डरी अनिद्रा अन्य जटिल रोगका कारण निम्तिएको हुन सक्छ । विभिन्न मानसिक रोग, डिप्रेसन, आत्तिने रोग, पुरानो मनोरोग, मानसिक आघात विकृत चेतना, उन्मादलगायत यसमा पर्छन् । मानिसमा कतिपय औषधिको सेवन तथा शरीरमा हर्माेनको उतार–चढावका कारण पनि यस्तो समस्या देखिएको हुन सक्छ । 

उपचार 
अनिद्रा गम्भीर समस्या हो, यसले अन्य समस्या पनि निम्त्याउँछ । लामो समयसम्म उपचार नहुँदा अनिद्राको कारण अन्य विभिन्न समस्या देखापर्न सक्छ । खासगरी मधुमेह, उच्च रक्तचापदेखि विभिन्न मानसिक रोगको उत्पत्ति अनिद्राको कारण हुन सक्छ । तसर्थ, अनिद्राको समयमा नै उपचार गर्नुपर्छ । 

अनिद्राको उपचारमा विभिन्न किसिमका उपचार विधि प्रयोग हुन्छन् । कतिपय अवस्थामा चिकित्सकले औषधि सिफारिस गर्न सक्छन् । विभिन्न वैकल्पिक विधि अकुपंचर चिकित्सा, शिरोधारा, ध्यानयोग विधि पनि अनिद्राको उपचारमा प्रयोग हुन्छ । मानसिक रोगसित सम्बन्धित अनिद्रामा संज्ञानात्मक व्यावहारिक उपचार राम्रो मानिन्छ । मनमा आएका नकारात्मक विचार तथा क्रियालाई नियन्त्रण गर्न यो उपचारले मद्दत गर्दछ । 

ख्याल गरौँ 
- सुत्ने र उठ्ने समयलाई सकेसम्म नियमित बनाउनुस् । सुत्ने समय भन्दा एक घन्टाअघि नै स्क्रिन र मोबाइल प्रयोग बन्द गर्नुस् । दिउँसोको समयमा ढल्केर नबस्नुस् ।
- बेडको सरसफाइमा ध्यान दिनुस् । हातखुट्टा धोएर सुत्न जानुस् ।
- सक्रिय जीवनशैली अपनाउनुस्, कफी तथा अल्कोहल सेवन बन्द गर्नुस् ।
- निद्रा नलाग्दा मस्तिष्कलाई सुत्न सहयोगी हुने मधुर धुन सुन्ने अथवा निद्रा नलागेसम्म किताब पढ्ने गर्नुस् ।