Skip This
पढ्ने बानी यसरी बसाल्नुस्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १८ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १८ बुधबार ११:२५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पढ्ने बानी यसरी बसाल्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १८ बुधबार ११:२५:oo

कतिपयलाई अध्ययनमा जाँगर चल्दैन । तर, आफ्नो स्वभाव बदलेर उनीहरू राम्रो पाठक बन्न सक्छन् । त्यसका लागि केही पक्ष ख्याल गर्न जरुरी छ । 

लक्ष्य निर्धारण : सहज लक्ष्य निर्धारण गर्नुस् । एकै दिन धेरै पढ्नेभन्दा पनि थोरै–थोरै गरेर पढिरहने बानी बसाल्नुस् । प्रतिमहिना यति पुस्तक वा यस्ता विधाका पुस्तक वा यी लेखकका पुस्तक पढ्छु भनेर तय गर्नुस् । आफूलाई सहज लाग्ने पुस्तक, मनपर्ने विधा वा आफ्ना प्रिय लेखकको पुस्तक पढ्न थाल्नुस् ।

रुटिन बनाउनुस् : हरेक दिन यस समयमा पढ्छु भनेर रुटिन बनाउनुस् । बिहान, लन्च ब्रेक, साँझ वा सुत्ने समय जतिवेला सहज महसुस हुन्छ, त्यतिवेला केही पाना पल्टाउनुस् । बिस्तारै पढ्ने बानी पर्छ । 

विविधता : विभिन्न माध्यम र विधाका पुस्तक पढ्नुस् । पाना पल्टाउन जाँगर चल्दैन भने अडियो बुक पनि सुन्न सकिन्छ । पुस्तक पढिसकेपछि त्यसबारे छलफल गर्नुको मजा नै बेग्लै छ । यसका लागि अनलाइन वा सामाजिक सञ्जालमा उपलब्ध विभिन्न पठन समुदाय वा बुक क्लबमा जोडिन सकिन्छ । यसरी छलफल गर्दा पुस्तकबारे नयाँ दृष्टिकोण पनि पत्ता लाग्छ । 

ध्यान : मोबाइललगायतका डिभाइस र होहल्लाले ध्यान भंग गरिरहेका हुन्छन् । त्यसैले शान्त स्थानमा बसेर पढ्नु राम्रो हुन्छ ।