१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ २९ सोमबार ११:१२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनुभव : नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा पस्कँदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ २९ सोमबार ११:१२:००

भारतको नयाँदिल्लीमा भएको योङ सेफ ओलम्पियाडमा नेपालको रुकुम पश्चिम मुसिकोट नगरपालिका– ८ का कमल थापाले रजत पदक जिते । यस प्रतिस्पर्धामा ६० देश सहभागी थिए । नेपाली परिकारलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पस्कँदाको अनुभव कमलले नयाँ पत्रिकाका मनीष खड्कासँग यसरी सुनाए । 

यो एउटा प्रतियोगिता मात्र थिएन, देश–देशबीचको संस्कृतिलाई एक–अर्कामा सेयर गर्ने राम्रो थलो थियो, मैले नेपालको संस्कृतिलाई ६० देशसामु चिनाउन सकेँजस्तो लाग्छ । यसमा खुसी छु । 

प्रतियोगिताका लागि हाम्रो कलेज (एकेडेमिक अफ कलिनरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेज, ललितपुर) छनोटमा परेसँगै कसले प्रतिनिधित्व गर्ने भनेर आन्तरिक प्रतिस्पर्धा भएको थियो । त्यसमा प्रथम भएर म सेफ ओलम्पियाडमा छनोट भएको हुँ । 

उक्त प्रतियोगितामा दुईवटा चरण थिए । पहिलो चरणमा सबै ६० सहभागीले आफ्नो परिकार तयार गरेर पेस गर्नुपर्ने थियो । तर, भेज परिकार बनाउनुपर्ने थियो । मैले सखरखण्ड र दालको प्रयोग गरी परिकार बनाएको थिएँ । त्यो ६० देशमध्येमै पहिलो बन्यो । निर्णायकहरूले निकै तारिफ गर्नुभयो । पहिलो राउन्डबाट उत्कृष्ट नतिजाका साथ म दोस्रो चरण प्रवेश गरेँ । दोस्रो चरणमा १० देशका प्रतिनिधि मात्र थियौँ ।

मैले चिकेनकरी बनाएँ । त्यो पनि निकै राम्रो बन्यो । सुरुमा त कस्तो बन्ला, निर्णायकहरूलाई मनपर्ला कि नपर्ला भन्ने डर थियो, तर जब मैले परिकार प्रस्तुत गरेँ त्यसपछि सबै निर्णायकले निकै राम्रो प्रतिक्रिया दिनुभयो । नतिजा सार्वजनिक हुँदा समग्रमा दोस्रो भएको थाहा भयो । आफ्नो रुचिका कारण होटेल म्यानेजमेन्ट पढेको हुँ । भविष्यमा पनि यही क्षेत्रमा सक्रिय रहन्छु ।