मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिलापको भावना राम्रो हुनुका साथै समय राम्रो भएकाले शुभ कुराको संकेत मिल्नेछ । बुधबारदेखि चोटपटकको सम्भावना छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ ।
वृष : साताको सुरुमा काममा उतारचढाव आउने योग छ । विश्वास गरेकाले धोका दिनेछन् । कुरा काट्नेहरू बढ्नेछन् । गलत विचार बढ्नुको साथै धार्मिक कार्यमा अरुचि बढ्नेछ । विनाकारण दुःख पाउने समय छ । पराक्रमको आडमा अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग भए पनि संयमता पाहिला–पाहिलामा अपनाउनुपर्ला । गोपनीयता अपनाउनु वेश ।
मिथुन : ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम बिस्तारै भए पनि बन्दै जानेछन् । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । बिहीबारदेखि पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । कुनै पनि काम गर्दा गोप्य राख्दा कार्यसिद्धि हुने योग रहेको छ ।
कर्कट : रोजगारीका लागि यो साता राम्रो देखिएको छ । वैदेशिक यात्राको योग खुलेकाले लगातार यात्रा भइरहनेछ । रोकिएका काम बन्नुका साथै स्वास्थ्यमा समेत सुधार आउनेछ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट शुभ फलमा वृद्धि हुने संकेत देखिएको छ ।
सिंह : सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा विशेष फाइदा हुनेछ । प्रशस्त धनआर्जन गर्ने मौका छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा कम मात्र फाइदा होला । विनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गणेश भगवान्को पूजा गर्नाले शुभ हुन्छ ।
कन्या : व्यापार–व्यवसाय मध्यम रहेको छ, परिवारमा खुसीको खबर प्राप्त
हुनेछ, मायाप्रेमका लागि रमाइलो वातावरण बन्नेछ । पारिवारिक सहयोगप्राप्तिको योग रहेको छ । श्रमबाट प्रशस्त धनलाभ हुनेछ । रोकिएका कामहरू खुल्दै जानेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने योग रहेको छ ।
तुला : नयाँ जिम्मेवारीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । आर्थिक लाभको बाटो खुल्ने । प्रशंसनीय कार्य गर्ने अवसर मिल्नेछ । भाग्यले साथ नदिए पनि कर्म बलियो भएकाले गरेका कामबाट आम्दानीका स्रोत प्रशस्त प्राप्त हुनेछन् । पारिवारिक जमघटमाका साथै आत्मविश्वाससमेत बढ्नेछ । साताको अन्त्यमा वैदेशिक कार्यमा महŒवपूर्ण सफलता हात पार्न सकिनेछ ।
वृश्चिक : कार्यक्षेत्रमा तपाईँको सक्रियता र मिहिनेतले काम समयमै प्रभावकारी रूपमा सम्पन्न गर्न सकिनेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ, सहयोगीहरूले काममा साथ दिने भएकाले रोकिएका कामहरू बन्नेछन् । बिहीबारदेखि आफ्नै कमजोरीले विवादमा परिने योग रहेकाले सचेत रहनुहोस् । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला आफन्तबाट समेत टाढिनुपर्ने समय छ ।
धनु : करिअरमा नयाँ सफलतातर्फ अघि बढ्ने अवसर प्राप्त हुने योग रहेको छ । अरूको प्रतीक्षा गर्नुभन्दा आफैँ पहल गर्नु थप लाभदायक हुनेछ । घरायसी वातावरणमा केही धमिलोपन भने आउने सम्भावना छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साताको अन्त्यमा नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै प्रेमजीवन पनि सुखद रहनेछ ।
मकर : प्रतिष्ठित काम गर्ने मौका छ । मातापिताको सहयोग प्राप्त भइरहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । कसैको कारणले तपाईँको योजना वा काम प्रभावित हुन सक्ने भएकाले आफ्नो लक्ष्यमा ध्यानकेन्द्रित गरिरहनुपर्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग रहेको छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।
कुम्भ : प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । टाढाको यात्रा गर्नुपर्ने भएकाले शिव भगवान्को आराधनाले काममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिले तापनि छरछिमेकमा भने केही असमझदारी बढ्ने योग रहेको छ । विवाद बढाउनुको सट्टा धैर्य र संयमका साथ अघि बढ्नु उचित हुनेछ । साताको अन्त्यमा व्यावसायिक काममा खर्च बढ्नेछ ।
मीन : विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग देखिन्छ । साताको अन्त्यमा आफन्तको मद्दतले काम बन्नेछन् । प्रयत्न गर्दा व्यावसायिक काम बन्नेछन् । इष्टदेवको पूजा–उपासना गर्दा विशेष सफलता मिल्नेछ ।