मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ पौष २ शनिबार १४:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीकाे निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २ शनिबार १४:५४:oo

निर्वाचन आयोगले आज शनिबार गत ४ मंसिरमा सम्पन्न बागमती प्रदेश सभाका निर्वाचित सदस्यहरूको विवरण बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस गरेको छ।

आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेश सभाका लागि निर्वाचित सदस्यहरुको विवरणसहितको प्रतिवेदन पेश गरेका हुन्।

आयोगको प्रतिवेदन अनुसार गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा बागमती प्रदेश सभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेश सभामा ७ वटा दलको प्रतिनिधित्व छ।

यस्तै ११० जना निर्वाचित सदस्यमध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार बागमती प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएको मध्ये प्रत्यक्षतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो। 

उक्त प्रतिवेदनमा प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम थिए। प्रत्यक्ष तर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएकोमा ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएकोमा १ लाख २५ हजार ६३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो। 

बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भयो। 

प्र्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेश सभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला भएको छ। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले आयोगलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा एकैपटक निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै धन्यवाद दिए।

यस्तै, प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभामा निर्वाचित भएका प्रदेश सदस्यहरुलाई बधाई दिँदै जनताको अपेक्षा पूरा गर्नेगरी काम गर्ने विश्वास व्यक्त गरे।