मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महान्यायाधिवक्ता कार्यालयकाे लिफ्टमा थुनिए कर्मचारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १५:o९:oo

महान्यायाधिवक्ता कार्यालयमा लिफ्ट बिग्रिएर आधा घन्टा कर्मचारी थुनिएका छन्। कार्यालयमा खाजा पुर्‍याउन गएका क्यान्टिनका एक कर्मचारी र एक सरकारी वकिल थुनिएका हुन्। 

२ बजेतिर लिफ्ट चढेका उनीहरू लिफ्ट बिग्रिएर नखुलेपछि आधा घन्टा थुनिएका हुन्। खाजा पुर्‍याउन गएका कर्मचारी नआएपछि क्यान्टिन सञ्चालकले खोज्ने क्रममा लिफ्टमा रहेको थाहा पाए। 

उनले प्रयास गर्दा पनि लिफ्ट खुलेन। पछि ५–६ जना भएर काठ, रडलगायतको सहायताले लिफ्टको ढोका खोलेर उनीहरूकाे उद्धार गरिएकाे थियाे।