१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर १२ सोमबार ०८:२६:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

कृत्रिम सूर्य निर्माण मुख्य भागको काम सम्पन्न

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ०८:२६:००

चीनले संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिने अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आइटिइआर)को मुख्य भागको काम सम्पन्न गरेको छ । फ्रान्समा आधारित आइटिइआर न्युक्लियर फ्युजनको एउटा विशाल अन्तर्राष्ट्रिय परियोजना हो । यो परियोजना युरोपका २७ देशसहित अमेरिका, चीन, बेलायत, स्विट्जरल्यान्ड, भारत, जापान, कोरिया गणतन्त्र, रुसलगायत ३५ देशको अभूतपूर्व अन्तर्राष्ट्रिय सहकार्य हो । यो रिएक्टरले सूर्यकै जस्तो प्रक्रिया प्रयोग गरी स्वच्छ ऊर्जा उत्पादन गर्न सक्षम हुने विश्वास गरिएको छ । 

यसका लागि सोधकर्ताकहरूले आणविक फ्युजनको प्रक्रियालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । यसले ताराहरूको केन्द्रमा जसरी हाइड्रोजन हिलियम र हिलियम हाइड्रोजनमा बदलिन्छ सोही प्रक्रिया उपयोग गरी अथाह सफा ऊर्जा निकाल्न खोजेको छ । यस प्रक्रियामा दुई हलुका आणविक न्युक्लियसहरूको फ्युजन गरी त्यसलाई गह्रौँ बनाइन्छ । यस प्रक्रियामा निकै ठूलो परिणाममा ऊर्जा उत्पन्न हुन्छ । न्युज विकका अनुसार यो परियोजनाको मुख्य लक्ष्य रियाक्सन प्रोसेस सुरु गर्न पठाइने ऊर्जाभन्दा रियाक्सन प्रोसेस सुरु हुँदा उत्पन्न हुने ऊर्जा निकै हुन्छ भनेर देखाउनु हो । 

निर्माण लागतको ठूलो हिस्सा (४५ प्रतिशत) युरोपले व्यहोर्नेछ भने बाँकीमा प्रत्येक देशले नौ प्रतिशतको हाराहारी खर्चमा हिस्सेदारी गर्नेछन् । यी मुलुकहरूले यसका कम्पोनेन्ट, प्रणाली वा पूर्वाधार निर्माण गरिदिएर पनि आइटिइआर परियोजनालाई सहयोग गर्न सक्नेछन् । 

चीनको सरकारी सञ्चारमाध्यमले इनहेन्स्ड्स–हिट–फ्लक्स (इएचएफ) फस्ट वाल (एफडब्लू) खण्ड भनेर चिनिने कम्पोनेन्टको पूर्ण आकारको नमुना निर्माण सम्पन्न भएको र यसका मुख्य इन्डिकेटरले यो डिजाइनले मापदण्ड पूरा गरेको देखाएको उद्घोष गरेका छन् । ग्लोबल टाइम्सका अनुसार इएचएफ एफडब्लूको पूर्ण आकारको नमुना चीनको साउथवेस्टर्न इन्स्टिच्युट अफ फिजिक्सले विकसित गरेको हो । साउथवेस्टर्न इन्स्टिच्युट राज्य सञ्चालित चाइना नेसनल न्युक्लियर कर्पोरेसनबाट सम्बन्धनप्राप्त अनुसन्धान संस्था हो । 

आइटिइआरको रिएक्टरको महत्वपूर्ण भागका रूपमा रहने फस्र्ट वाल प्यानल (एफडब्लू) १० करोड डिग्री सेल्सियस तातो प्लाज्मासँग प्रत्यक्ष सम्पर्कमा आउने हिस्सा हो । वैज्ञानिकहरूका अनुसार प्लाज्माको सामना गर्ने आइटिइआरका ४४० फस्र्ट वाल प्यानल प्रत्येकको आकार एक मिटर लम्बाइ र डेढ मिटर चौढाइका हुनेछ ।  

‘यसलाई सरल भाषामा भन्नुपर्दा यो स्थानमा हामीसँग एउटा मेसिन हुनेछ, जसको केन्द्रमा एउटा सानो सूर्य जल्नेछ । यो सानो सूर्यले ऊर्जा उत्पादन गर्नेछ । हामीले त्यो ऊर्जालाई बिजुली उत्पादन गर्न प्रयोग गर्नेछौँ’, आइटिइआरका प्रवक्ता रोबर्ट अर्नोक्सको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपिले लेखेको छ ।
आइटिइआरको फस्र्ट वाल प्यानल उत्पादन गर्ने चिनियाँ प्रविधि अन्तर्राष्ट्रिय प्रमाणीकरण पास गर्ने पहिलो प्रविधि भएको छ । न्युज विकका अनुसार २२ अर्ब डलरको यो परियोजना सन् २०२५ बाट सञ्चालनमा आउने अनुमान छ । 
–एजेन्सी