एकमहिने चुनावी अभियानको उपलब्धिबारे कांग्रेसले पत्रकार सम्मेलन गर्दै

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण
एकमहिने चुनावी अभियानको उपलब्धिबारे कांग्रेसले पत्रकार सम्मेलन गर्दै

फाइल फाेटाे ।

नेपाली कांग्रेसले एकमहिने चुनावी अभियानको समीक्षा गर्ने भएको छ। कांग्रेसले एकमहिने चुनावी अभियानका उपलब्धिबारे पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको हो। फागुन ३ को कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले फागुन २९ बाट चुनावी अभियान सुरु गरेको थियो।

 ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको आज अन्तिम दिन कांग्रेसका प्रवक्ता एवं नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले अभियानबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिन लागेका हुन्। पत्रकार सम्मेलन आज दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

सुझावित समाचार