७१ निर्वाचन अधिकृत परिवर्तन

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतमा नियुक्त गरिएका ७१ जनालाई निर्वाचन आयोगले हटाएको छ। स्वास्थ्य अवस्थाजस्ता विविध कारणले आयोगले दिएको जिम्मेवारी बहन गर्न असमर्थ ७१ निर्वाचन अधिकृतहरूलाई हटाइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

सहप्रवक्ता अर्यालका अनुसार निर्वाचन अधिकृतका लागि आयोगलाई प्राप्त भएको नामावलीबाट नयाँ ७१ जनालाई निर्वाचन अधिकृतमा नियुक्त गरिसकिएको छ। आयोगले निर्वाचनका लागि १४ चैतमा सात सय ५३ वटै पालिकाका लागि निर्वाचन अधिकृत नियुक्त गरेको थियो। निर्वाचन अधिकृतमा नियुक्त भएकाहरूले २९ चैतदेखि जिम्मेवारी सम्हाल्दै छन्।

सुझावित समाचार