२४ मार्चमा आइपुग्दा रुस–युक्रेन द्वन्द्व सुरु भएको एक महिना भइसकेको छ । विश्वका सबै शान्ति–प्रेमी मानिस, टार्न सकिने भए पनि छेडिएको यो रक्तपातपूर्ण द्वन्द्व चाँडै अन्त्य हुनेमा अझै पनि आशावान् छन् । तर, रुस र युक्रेनबीचको द्वन्द्व समाधान गर्ने उपाय भएका अमेरिका र नेटोले युद्ध अन्त्य गर्न कुनै व्यावहारिक पहलकदमी लिएका छैनन् । बरु अमेरिका र नेटोले अझै पनि विरोधाभाष र बढ्दो टकरावलाई टेवा दिँदै छन्, अर्थात् रुस र युक्रेनबीचको वार्तामा अवरोध सिर्जना गर्दै छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार युरोप प्रस्थान गरेका छन्, जहाँ उनले नेटो शिखर सम्मेलन, जी ७ शिखर सम्मेलन र युरोपेली परिषद्को बैठकमा भाग लिनेछन् । मिडिया रिपोर्टका अनुसार बाइडेनले युक्रेनलाई थप अर्को चरणको सैन्य सहायता समन्वय गर्न युरोपेली साझेदारसँग छलफल गर्नेछन् र रुसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्नेछन् । द्वन्द्व सुरु भएको एक महिनाका मौकामा बाइडेनले युरोपमा गहन कूटनीतिक आक्रमण गरेका छन् । तर, यहाँ उनको एजेन्डा आगोमा घिउ थप्नुबाहेक केही होइन ।
बाइडेनको युरोप यात्रा हुँदै गर्दा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा थप अप्ठ्यारा दिन निम्तिनेछन् किनभने ‘यो युद्ध सजिलै वा चाँडै समाप्त हुनेछैन’ भनेर बताएका छन् । यो भनाइ अमेरिकाको ‘धारणा’ मात्रै नभई वासिंगटनले सावधानीपूर्वक दिएको निर्देशन पनि हो । वासिंगटन युद्ध समाप्त नहोस् भन्ने चाहन्छ, ताकि वासिंगटनले भूराजनीतिक नाफा आर्जन गर्न द्वन्द्वको अधिकतम प्रयोग गर्न सकोस् । अर्को भाषामा भन्ने हो भने युक्रेनको दुर्भाग्यपूर्ण अवस्थाबाट फाइदा उसले लिन खोजिरहेको देखिन्छ ।
उसो त अमेरिका र युरोप नजिकिएको भान हुन्छ, तर यी दुई पक्षका बीचमा पनि वास्तविक रूपमा गहिरो दरार पैदा हुँदै गइरहेको छ । रुस–युक्रेन वार्तामा ढिलाइ गर्नुमा वासिंगटनको स्वार्थ देखिन्छ भने यता युरोप सुरक्षा र स्थिरता चाहन्छ ।
युरोपमा युद्धविरोधी मत दिनानुदिन बढ्दो क्रममा छ र यी मतमा युक्रेनमा वासिंगटनले गर्ने सैन्य एवं हतियार सहयोगप्रतिको अस्वीकृति देखिएको छ । युक्रेनलाई अन्धाधुन्ध हतियार सहयोग गर्नु युरोपेलीले पछ्याउने सुरक्षा लक्ष्यको विपरीत हुन जान्छ भन्ने अधिकांश युरोपेलीले बुझेका छन् । यसबाहेक दीर्घकालीन चरम प्रतिबन्धले अमेरिका धनी हुनेछ, जसको मूल्य युरोपले खर्च एवं लागतका माध्यमबाट चुकाउनेछ भने युक्रेनले रगतमार्फत मूल्य चुकाउनेछ । वासिंगटनले आफ्ना यी तुच्छ विचार लुकाउन सक्नेछैन ।
यसबाहेक, यही कारणले अहिले बाइडेनका लागि युरोपलाई ‘स्थिर’ बनाउनुपरेको छ, अर्थात् जब बाइडेनको उद्देश्यमा डगमगाहट देख्न सकिन्छ । वासिंगटनले आफ्नो खल्तीबाट ‘ट्रान्सएट्लान्टिक मित्रता’, ‘लोकतान्त्रिक गठबन्धन’का विषय झिक्नेछ र अन्य साना तुरुप फ्याँक्नेछ, यसबाट विश्वका सम्भ्रान्त क्लबमा प्रवेश दिने ‘पास’ गठबन्धनका साथीलाई बाँड्नेछ, जहाँ भ्रामक ‘सम्मान’ दिइनेछ, तर त्यसको मूल्य उच्च ‘लागत’को हुनेछ ।
यति कुरो बुझ्नका लागि कुनै कठिनाइ पनि छैन । वासिंगटनले तटस्थ देशलाई पनि ठूलै दबाब दिइरहेको छ, अर्थात् जो यो तथाकथित ‘क्लबमा सामेल हुँदैनन्’ । वासिंगटन एकातिर भारतलाई ‘अस्थिर’ भएकामा आलोचना गर्छ र अर्कातिर शान्तिका लागि चीनबाट हुने तथाकथित ‘खतरा’लाई सनसनीपूर्ण बनाउने काम गर्छ । के यो हर्कत गुन्डागर्दीको लक्षण होइन?
‘गाँठो बाँध्नेले नै गाँठो फुकाउन सक्छ’ भन्ने चर्चित भनाइ अहिले सान्दर्भिक हुन्छ । अर्थात्, रुस–युक्रेन द्वन्द्व अमेरिका र रुसबीचको द्वन्द्वको चरम अवस्थाको परिणाम हो । हालको समस्याको साँचो अमेरिकाकै हातमा छ । यदि वासिंगटन वास्तवमा युक्रेनी जनताका ‘दुःखका दिन’ चाँडोभन्दा चाँडो समाप्त होस् भन्ने चाहन्छ भने उसले रुससँग सीधा वार्ता गर्न अस्वीकार गरेर युक्रेनलाई हतियार पठाउन र रुसमाथि प्रतिबन्ध लगाउन युरोपसँग ‘समन्वय’ गर्ने निर्णय किन गर्यो ? उत्तर स्पष्ट छ, अमेरिका वास्तविक शान्तिवार्ता चाहँदैन । यसैकारण एक बेतुके परिदृश्य हाम्रा सामु देखिएको छ, अर्थात् रुस–युक्रेन द्वन्द्वको समाधानको जानकारीका बाबजुद ‘अब कुनै बाटो बाँकी छैन’ भन्ने नियत अँध्यारोतर्फ उन्मुख छ ।
‘लोकतन्त्र’को आडमा प्रभुत्वलाई प्रोत्साहन गर्न र ‘शान्ति’का नाममा युद्धबाट भाग्य चम्काउन वासिंगटनले यो विद्रुप नाटक मञ्चन जारी राखिरहनेछ । यद्यपि यस्ता कुटिल रणनीति सधैँका लागि टिक्दैनन् । समयसँगै मानिसहरू अन्ततः यो कुटिल रणनीतिको पर्दा उघारिएको पाउनेछन् । रुस–युक्रेनबीचको बढ्दो द्वन्द्वले वासिंगटनको युद्ध उन्मादी प्रवृत्तिलाई पुनः प्रमाणित गर्नेछ ।
(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको १० चैतको सम्पादकीय) ग्लोबल टाइम्सबाट