गुल्मीस्थित मुसिकोट नगरपालिका–४ हलोगाडेका गुप्तबहादुर कार्कीको घरमा शुक्रबार राति अचानक आगलागी भयो । मानवीय क्षति नभए पनि उनको दुईतले घर पूर्ण रूपमा जल्यो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीबाट कार्कीको ११ लाखबराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीका विषयमा कार्की परिवार अनविज्ञ छ । प्रहरीले समेत घटनाको मेसो पाएको छैन । ‘परिवार तल्लो तलामा बस्ने भएकाले भागेर बाँच्यौँ । घर पूर्ण रूपमा जल्यो,’ कार्कीले भने, ‘प्राविधिकले विद्युत् सट होइन भन्छन्, कसैले रिसइबी साँधेकै जस्तो पनि लाग्दैन ।’ घटनाले गाउँमा त्रास सिर्जना भएकाले गम्भीर भएर घटनाको सत्यतथ्य छानबिन गर्न कार्कीले प्रहरीलाई आग्रह गरे ।
केही दिनअघि मुसिकोट नगरपालिका– ३ वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको थियो । एम्बुलेन्समा आगजनी भएको केही दिनमै घरमा शंकास्पद आगलागी भएपछि नागरिक त्रसित भएको मुसिकोट नगरपालिका– ३ का वडासदस्य शंकर रायमाझीले बताए । ‘ठूलो संघर्षले भारतीय दूतावासबाट प्राप्त एम्बुलेन्स जलेपछि दुःख मात्रै लागेन लज्जाबोधसमेत भयो,’ उनले भने, ‘केही दिनमै घरमा पनि आगलागी भएपछि नागरिक त्रसित छन् ।’
उनले दुवै घटनामा प्रहरी प्रशासनले चासो दिएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले एम्बुलेन्समा आगजनी र घर आगलागीको विषयमा अनुसन्धान भइरहेको बताए । उनले एम्बुलेन्सका विषयमा चालकलाई सोधपुछ गर्ने काम भएको बताउँदै भट्टराईले घरको क्षति संकलनसँगै परिवार, छरछिमेकमा सूचना संकलनको काम भइरहेको जानकारी दिए ।
गुल्मीमा एम्बुलेन्समा आगजनी, घरमा आगलागी : स्थानीय त्रसित
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
सुझावित समाचार
टाइमको जलवायु प्रभावशाली व्यक्तित्वको सूचीमा परेपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्…
लमजुङमा कार्यरत प्रहरी सहायक हवल्दार हेटौँडामा मृत भेटिए, घटनास्थलमा सुसाइड नोटसमेत फेला
प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर घाइते
बर्दिया- बर्दियाको बढैयाताल गाउँपालिका–८, शीतलबजारस्थित भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँद…
तिहार र नेपाल संवत् मौलिक संस्कृति जोगाउने अवसर : मुख्यमन्त्री थापा
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तिहार र नेपाल संवतलाई नेपाली समाजको सांस्कृतिक वैभव, सामाजिक सद्भाव र …
जाजरकोटमा तिहारको रौनक, गाउँदेखि सहरसम्म उल्लास
जाजरकोट- तिहार तथा छठ पर्वको रौनकले यतिबेला जाजरकोटका गाउँदेखि सहरसम्म उल्लास र उत्साह छाएको छ। तिहारको अन्तिम दिन भाइट…
टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त हुने, कसरी पाए कैद छुट ?
काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धि अपराधमा दोषी ठहर भउका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार जेलमुक्त हुने भएक…