लागुऔषध गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

सर्लाहीको विष्णु गाउँपालिकास्थित नेपाल–भारत सीमाक्षेत्रबाट प्रहरीले लागुऔषध गाजाँसहित एक युवकलाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा नदिया–पकडी सडकखण्डबाट गाँजासहित कौडेना गाउँपालिका– २ निवासी २४ वर्षका विकास राउत पक्राउ परेका प्रहरीले जनाएको छ।

राउतले मोटरसाइकलको पछाडि सेतो बोरामा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको १० किलोग्राम गाँजा बरामद भएको हो। राउतले गाँजा ओसारपसारमा प्रयोग गरेको भारतीय नम्बरप्लेट भइकाे बिआर ३० डब्लु ५४६४ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए।

सुझावित समाचार