सिराहाको गोलबजार नगरपालिका– ६ डोहोटिया गाउँमा उखुको सुकेको पात लोड भएको ट्याक्टरमा शनिबार अपराह्न बिजुलीको तार सट भएर आगलागी भएको छ ।
गोलबजार– ३ तेतरियाबाट उखुको सुकेको पात लोड गरेर गोलबजारतर्फ आउँदै गरेको ट्याक्टरमा डाहोटिया गाउँनजिकै बिजुलीको तारले छोएपछि आगलागी भएको स्थानीय चेतबहादुर थापाले बताए । थापाका अनुसार बिजुलीको तारले छोएलगत्तै लोड गरिएको सुकेको पातमा आगो लागेको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले घटनाको बारेमा वेलैमा जानकारी नआएको बताए ।