सुन तस्करी आरोपीका दुईथरी नागरिकता

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

दुवै नागरिकताबाट बैंक खाता मात्र खोलेको होइन, पासपोर्ट पनि लिएको खुल्यो, तर कारबाही गर्न गृहले दिएको निर्देशन जिल्ला प्रशासनले एक वर्षसम्म टेरेनन्

सुभाषले पहिलो नागरिकता २९ पुस ०४९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको देखिन्छ । ९९५९५७६१ नम्बरको नागरिकतामा ठेगाना धनुषाको तत्कालीन यज्ञभूमि गाविस– ८ र जन्ममिति १६ असोज ०३२ उल्लेख छ । यो आधारमा उनी ४६ वर्षका भएका छन् । तर, २२ वैशाख ०७१ मा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट लिएको ३०–०१–७१–००५६६ नम्बर कायम दोस्रो नागरिकतामा ठेगाना धुलिखेल नगरपालिका– ५ काभ्रेपलाञ्चोक र जन्ममिति ११ असोज ०४० उल्लेख छ । यो आधारमा उनी ३८ वर्षका भएका छन् । दुवै नागरिकतामा बाजेको नाम बखुललाल श्रेष्ठ र बुबाको नाम मखनलाल श्रेष्ठ नै छ । 

स्रोत नखुलेको रकम बरामद प्रकरणमा पक्राउ परेका धनुषाको तत्कालीन यज्ञभूमि गाविस– ८ का सुभाषकुमार श्रेष्ठ सुन तस्करीमा संलग्न भएको मात्रै खुलेको छैन, उनका दुईवटा नागरिकता रहेको र दुवैबाट बैंक खाता र मेसिन रिडेबल पासपोर्टसमेत लिएको प्रमाण भेटिएको छ । तर, वर्ष दिनअघिकै उक्त घटनामा कारबाही गर्न २३ माघ ०७७ मै गृह मन्त्रालयले पत्र पठाए पनि एक वर्षसम्म सम्बन्धित जिल्ला प्रशासनले अनुसन्धान नै गरेका छैनन् । गृहले शुक्रबार पुनः छानबिन गर्न र दोषीलाई अविलम्ब कारबाही गर्न पत्र काटेको छ । 

सुभाषले पहिलो नागरिकता २९ पुस ०४९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको देखिन्छ । ९९५९५७६१ नम्बरको नागरिकतामा ठेगाना धनुषाको तत्कालीन यज्ञभूमि गाविस– ८ र जन्ममिति १६ असोज ०३२ उल्लेख छ । यो आधारमा उनी ४६ वर्षका भएका छन् । तर, २२ वैशाख ०७१ मा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट लिएको ३०–०१–७१–००५६६ नम्बर कायम दोस्रो नागरिकतामा ठेगाना धुलिखेल नगरपालिका– ५ काभ्रेपलाञ्चोक र जन्ममिति ११ असोज ०४० उल्लेख छ । यो आधारमा उनी ३८ वर्षका भएका छन् । दुवै नागरिकतामा बाजेको नाम बखुललाल श्रेष्ठ र बुबाको नाम मखनलाल श्रेष्ठ नै छ । 

गृह मन्त्रालयका अनुसार सुभाषकुमारको पुरानो घर काभ्रे नै हो । बुबा मखनलालको जागिर धनुषा भएपछि उनको परिवार धनुषा बसाइँ सरेको थियो । यही क्रममा उनले पहिलो नागरिकता धनुषाबाटै लिए । दोस्रो नागरिकता भने तस्करी धन्दामा संलग्न भएपछि लिएको अनुसन्धानबाट खुलेको छ । उनी सुन तस्करीमा संलग्न रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखिएको छ । विभाग स्रोतका अनुसार बयानका क्रममा उनले सुनका गहना नेपालबाट भारतका सहर लगेर बिक्री गर्दै आएको बताएका छन् । 

सिराहाको सिराहा नगरपालिका– २१ बाट बरामद स्रोत नखुलेका ३१ लाख ८९ हजार रुपैयाँसँग नाम मुछिएपछि विभागले उनलाई वर्ष दिनअघि पक्राउ गरेको थियो । सुरुमा सिराहा प्रहरीले धनुषाका शिवनाथ यादवलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्न उनलाई विभाग पठाएको थियो । यादवले सुभाषकुमारको नाम पोलेपछि विभागले उनलाई पनि पक्राउ गरेको थियो । पक्राउपछि विभागले उनको सम्पत्तिको विवरण खोजी गरेको थियो । यही क्रममा उनको दुईवटा नागरिकता भएको र दुवै नागरिकताबाट विभिन्न बैंकमा खाता खोलिएको भेटिएको थियो । विभागका प्रवक्ता दाहालका अनुसार उनले दुवै नागरिकता प्रयोग गरी एमआरपीसमेत दुईवटा बनाएको पनि भेटियो । नागरिकतासम्बन्धी कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्दै विभागले सुभाषकुमारलाई अहिले तारेकमा छाडेको छ । 

एउटै व्यक्तिको दुईवटा नागरिकता भेटिएपछि गृहले घटनाको अनुसन्धान गर्न जिप्रका काभ्रे र जिप्रका धनुषालाई शुक्रबार नै पत्र काटेको छ । पत्रमा घटनाको अविलम्ब अनुसन्धान गर्न निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले फरक–फरक व्यहोराको दुईवटा नागरिकता लिने जोकोहीलाई पनि नागरिक ऐन, २०६३ अनुसार कारबाही हुने बताए । ‘कानुनअनुसार कसैले पनि दुईवटा नागरिकता लिन पाइँदैन । व्यहोरा एकै खालको रहेको हकमा पहिलो नागरिकता सदर हुन्छ । दोस्रो खारेज हुन्छ । तर, व्यहोरा फरक–फरक प्रकृतिको छ भने नागरिकता लिनेलाई नागरिकता ऐनअनुसार कडा कारबाही हुन्छ ।

नागरिकता ऐन भन्छ– दुईवटा नागरिकता लिनेलाई एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना हुन सक्छ
नागरिकता ऐन, २०६३ को दफा १३ मा कसैले पनि दोहोरो नागरिकता लिन नपाउने भनिएको छ । सोही ऐनको दफा २१ को उपदफा ३ मा नेपाली नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याए एक वर्षदेखि पाँच वर्ष कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ । सो दफामा भनिएको छ, ‘कसैले नेपाली नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने–गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनेछ ।’

सुझावित समाचार