गुडिरहेको टिपरमा आगलागी

शनिबार, १० पुष, २०७८
डिजिटल संस्करण

दाङमा गुडिरहेको टिपरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २३१२ नम्बरको टिपरमा आगलागी भएको हो ।

शुक्रबार साँझ करिब ८ बजेतिर बालुवा लिएर आउँदै गरेको टिपरको वायरिङ सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।  घोराही ३ स्थित मुसोटको उकालोमा आगलागी भएकाले टिपरको पूर्ण क्षति भएको छ । तर, मानविय क्षति भने भएको छैन । 
 

See More On

सुझावित समाचार