गण्डकीका मुख्यमन्त्री पोखरेलले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।  नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको दशाैँ पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौधौ महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।  बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो।  उनी १२औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्।  

सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भएका हुन्।  युवापुस्तालाई पार्टीको नेतृत्वमा पुर्याउनका लागि सहमहामन्त्रीमा उनीहरूलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ थियो।  मुलुकलाई अप्ठेरो परेका वेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रस्ट बहुमत ल्याउनका लागि त्यसैअनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने उनले बताए।  

सुझावित समाचार