हल्का रमाइलोका ‘बखते’ को निधन

शनिबार, ५ भदौ, २०७८
डिजिटल संस्करण

चर्चित हास्य टेलिसिरियल ‘हल्का रमाइलो’ का कलाकार ‘बखते’ शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले  जानकारी दिए । 

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका छन् । उनले  पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए । 

स्व थापाको शनिबारै  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए । रासस

See More On

सुझावित समाचार