कांग्रेस नेता प्रदीप पौडेलले दुईतिहाइको सरकारले जनमतको अपमान गरेको बताएका छन् ।
उनले ओली सरकार अब पूर्णतः नांगाे भइसकेको भन्दै ओलीक्रेसीको प्रतिवाद गर्न आह्वान गरेका छन् । ‘दुईतिहाइको सरकार यति ठूलो जनमतलाई लत्याएर संसद् विघटनको मोडमा छ । जनमतको योभन्दा ठूलो अपमान अर्कोे केही हुनै सक्दैन,’ उनले ट्विट गर्दै लेखेका छन्, ‘स्थापना भएदेखि उदांगिएको ओली सरकार अब पूर्णतः नांगाे भइसकेको छ । ओलीक्रेसीको प्रतिवाद गरौँ, देशलाई थप संकटमा जानबाट रोकौँ ।’