प्रदेश ५ ले टुंग्यायो नाम र राजधानी, तर भएन सर्वसम्मति
राजनीतिक विवाद र सत्तारुढ दलकै नेताहरूबीच प्रतिष्ठा बनेको प्रदेश ५ को राजधानीको विषय अन्ततः टुंगिएको छ । राजधानी दाङ र बुटवल बनाउने विषयमा नेकपा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलबीच प्रतिष्ठाको लडाइँ थियो । मुख्यमन्त्रीले दाङ र महासचिव बुटवल स्थायी राजधानीको पक्षमा थिए ।
न्यायाधीशको सम्पत्ति : न सार्वजनिक हुन्छ न त छानबिन
प्रधानन्यायाधीश नियुक्त हुनुअघि संसदीय सुनुवाइमा चोलेन्द्रशमशेर राणाले न्यायालयमा सुशासन आफ्नो प्राथमिकतामा रहने बताएका थिए । अदालतमा हुने अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुका साथै त्यसको छानबिनका लागि प्रभावकारी संयन्त्र बनाउने उनको कार्ययोजनामा उल्लेख थियो । राणाले न्यायालयको नेतृत्व सम्हालेको २० महिना भयो । तर, न्यायालयमा विकृति सुधारका लागि ठोस योजना अगाडि बढेको त छैन नै, सर्वोच्च अदालतकै न्यायाधीशहरूको सम्पत्तिसमेत सार्वजनिक हुने गरेको छैन ।
अपराधमा संलग्न इन्स्पेक्टरसहित तीन प्रहरी जेल चलान
अपराधमा संलग्न भएका तीन प्रहरी जेल चलान भएका छन् । लागुऔषधको कारोबारमा संलग्न प्रहरी निरीक्षक तथा संगठित मुद्दा लागेका दुई सिपाहीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । लकडाउनको वेला आफ्नै गाडीमा लागुऔषध तस्करी गर्ने इन्स्पेक्टर रुद्रबहादुर शाहीलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो । उनी गत ११ असारमा पक्राउ परेका थिए । उनीसहित पक्राउ परेका सन्तोषकुमार शाह, भुपेन शेरचन, एलिसन बस्नेत, अभिनाश थपलियालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
कोरोनाको त्रासले ढुक्कसँग काम गर्नै सकिएन : गायक पशुपति शर्मा
गायक पशुपति शर्मा अहिले स्याङ्जास्थित घरमा छन् । उनी स्याङ्जा गएको एक महिनाभन्दा बढी भइसक्यो । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको अघिल्लो लकडाउनको वेला पनि उनी दुई महिना घरमै बसेर काठमाडौं आएका थिए । दोस्रोपटक घर गएका शर्मा अब तिहारपछि मात्रै काठमाडौं फर्कने योजनामा छन् ।
बालबालिकामा हुने अपांगताको प्रमुख कारण मस्तिष्कको पक्षघात
६ अक्टोबरलाई विश्व सेरेब्रल पाल्सी (मस्तिष्कको पक्षघात) दिवसका रूपमा मनाइने गरिन्छ । सेरेब्रल पाल्सीको प्रारम्भिक लक्षण, रोगसँगै जीवनशैली सामान्य बनाउने तौरतरिकाबारे जानकारी दिने उद्देश्यले विश्वभर यो दिवस मनाउन थालिएको हो । विश्वका करिब १७ मिलियन मानिस मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) बाट पीडित रहेको अनुमान छ ।
जो कोरोना प्रकोपअघि शिक्षक थिए, अहिले सिकर्मी बने
तानसेन– ४ सिल्खानटोलमा रहेको उनको भाडाको घरको गल्ली अँध्यारो छ । त्यही अँध्यारो गल्लीभित्र सानो कोठालाई किचनको रूपमा प्रयोग गरिएको छ । त्यही किचनको भुइँ, जहाँ कतै प्लाई, कतै करौँती र हतौडा फिँजाइएको छ । त्यही भुइँमा बसेर हथौडाले प्लाईमा किला ठोक्दै छन् एकजना युवक । गोजीमा कलम छ, हातमा हतौडा ।
आज थप १५ सय ५१ जनामा संक्रमण, २३ सय ४० जना निको भए
पछिल्लो २४ घन्टामा देशभर १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ११ हजार ४७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ९० हजार आठ सय १४ पुगेको छ ।
भारतमा कोरोना संक्रमित र मृत्युदर घट्यो
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस कोभिड– १९ संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ । यस अवधिका जम्मा ६१ हजार दुई सय ६७ जना मात्रै संक्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ ।
अस्पतालबाट निस्केपछि राष्ट्रपति ट्रम्पले भने– कोरोनासँग कोही पनि डराउनुपर्दैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनासँग कोही पनि डराउनु नपर्ने बताएका छन् । वल्टर नेसनल सैनिक अस्पतालमा कोरोनाको उपचार गरेपछि ह्वाइटहाउस फर्केलगत्तै सोमबार राति उनले यस्तो बताएका हुन् । अस्पतालमा लगातार तीन दिन बसेपछि उनी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा पुगेका हुन् । ट्रम्प भन्छन्, ‘म वाल्टर रिड मेडिकल सेन्टरबाट निस्कँदै छु, यसवेला मलाई केही भएको छैन, कोही पनि कोरोनासँग डराउनुपर्ने अवस्था छैन ।’
भ्रष्टाचार गरेको अभियोगमा माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको जेल सजाय
माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ । माल्दिभ्सको उच्च अदालतले मंगलबार यस्तो सजाय सुनाएको अदालतका अधिकारीहरूले जानकारी गराएका हुन् । सन् २०१५ मा माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यमिनमाथि बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा उनी जेल चलान भएका थिए ।