१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग

कोरोनाको त्रासले ढुक्कसँग काम गर्नै सकिएन : गायक पशुपति शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:o४:oo

गायक पशुपति शर्मा अहिले स्याङ्जास्थित घरमा छन् । उनी स्याङ्जा गएको एक महिनाभन्दा बढी भइसक्यो । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको अघिल्लो लकडाउनको वेला पनि उनी दुई महिना घरमै बसेर काठमाडौं आएका थिए । दोस्रोपटक घर गएका शर्मा अब तिहारपछि मात्रै काठमाडौं फर्कने योजनामा छन् । 

लकडाउनको अवधिमा पनि धेरै कलाकारले आफ्ना सिर्जना सार्वजनिक गरेका छन् । तर, गायक शर्माका भने यो आधा वर्षको अवधिमा कुनै गीत सार्वजनिक भएनन् । शर्माले नयाँ गीत सिर्जना गर्न कोसिस नै नगरेको भने होइन । शर्मा भन्छन्, ‘तर, यस्तो त्रासको अवस्था छ । मान्छेलाई भेट्न पनि उस्तै डर हुन्छ । यस्तो वेलामा सिर्जनात्मक काम गर्न निकै सकस हुने रहेछ । ढुक्कले काम गर्न नपाएपछि राम्रो सिर्जना गर्न पनि नसकिने रहेछ ।’ 

केही समय अब घरमै बसेर सकेको काम घरबाटै गर्ने योजनामा छन् शर्मा । तिहारपछि काठमाडौं आएर ढुक्कले राम्रोसँग काम गर्ने उनले बताए । शर्माका अनुसार अब तिहारसम्म उनका नयाँ गीत आउने छैनन् । तिहारकै लागि भनेरचाहिँ एउटा गीत रेकर्ड गराएका छन् पोखरा आएर । सो गीतको म्युजिक भिडियो गाउँमै बनाउने योजनामा छन् । शर्मा भन्छन्, ‘तिहारसम्मका लागि मेरो नयाँ सिर्जना यही नै हो । त्यसपछि काठमाडौं आएर दर्शक–श्रोताका लागि नयाँ सिर्जना पस्कने जमर्को गर्नेछु ।’
 
 

ad
ad