दाङमा कार दुर्घटना हुँदा चार भारतीय घाइते

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

दाङको राप्ती गाउँपालिका– ४, गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चारजना भारतीय नागरिक घाइते भएका छन्।

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको युपी ४४ एएस ८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतको सिद्वार्थ नगरपालिका– ६ का ३५ वर्षीय रवि महमद, उनकी श्रीमती ३४ वर्षीया फराह शेख, छोरी ६ वर्षकी रिफा शेख र सोही स्थानका ३२ वर्षीय सनि कुमार घाइते भएका छन्।

घाइते चारैजनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार