चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई नारायणकाजी श्रेष्ठको अनुरोध

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले भारतले अवलम्बन गरेको नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै त्यसको समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भारतीय नीतिका कारण नेपाली चिया उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन्। उनले यस संकटले नेपालको अर्थतन्त्र, रोजगारी तथा निर्यात व्यापारमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।

श्रेष्ठले सरकारले उक्त विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएर भारतीय पक्षसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। दुवै देशबिच संवादमार्फत सकारात्मक समाधान खोजी गरी चिया उद्योगलाई जोगाउन आवश्यक कदम चाल्न उनले सरकारसँग आग्रह गरेका छन्।

सुझावित समाचार