पर्सामा प्रहरीले ठुलो मात्रामा गाँजा बरामद गरेको छ। बुधबार राति छिपहरमाई गाउँपालिका– १, मिर्जापुरस्थित नेपाल–भारत सिमानाबाट ३७० केजी गाँजा बरामद भएको हो।
इप्रका पोखरीया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले बेवारिसे अवस्थामा २५ पोका गाँजा बरामद गरेको हो। जसको तौल ३७० किलो रहेको र विस्तृत अनुसन्धान भइरहेको इप्रका पोखरीयाले जनाएको छ।