रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले नेपालको भूमि फिर्ता गर्न कूटनीतिक माध्यम प्रयोग गर्नुपर्ने बताएका छन्।
संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा बुर्लाकोटीले नेपालको भूमि कूटनीतिक माध्यमबाट फिर्ता हुनुपर्ने विषय पार्टीले पहिल्यै राखिसकेको बताएका हुन्।
दशगजा क्षेत्रमा दुवै देशका तर्फबाट भूउपयोग भएको उल्लेख गर्दै उनले थपे, ‘त्यसलाई सीमा मिचेको भन्ने, नभन्ने। शब्द कस्तो प्रयोग गर्ने एउटा पाटो रह्यो। यो अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन कुरा प्रधानमन्त्रीजीले राख्नुभएको छ, त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ।’