मानव बेचबिखन मुद्दामा स्पा सञ्चालक जेल चलान

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

स्पा सेन्टरको आवरणमा वेश्यावृत्ति धन्दा चलाउने महिला कारागार चलान भएकी छिन्। संखुवासभा, चैनपुर नगरपालिका ७ घर भई हाल काठमाडौं, टोखा नगरपालिकामा स्पा पार्क सञ्चालन गरी बस्ने   ४८ वर्षीया अनिता भण्डारी जेल चलान भएकी हुन्।  

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले अनुगमनको क्रममा उनको स्पाबाट १६ वर्षिय किशोरीको उद्धार गरेको थियो। अनुसन्धानको क्रममा उनले ती बालिकालाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुलेपछि प्रहरीले भण्डारीलाई पक्राउ गरी मानव बेचबिखन मुद्दामा अनुसन्धान गरेको हो। जसमा सोमबार जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो। 
 

सुझावित समाचार