बिपी राजमार्गमा सवारी आवागमनमा रोक

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

बिपी राजमार्गमा सवारीसाधन आवागमन बन्द गरिएको छ। मौसमको प्रतिकूलताको आकलन गर्दै सवारी आवागमनमा प्रशासनले रोक लगाएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार रोशी क्षेत्रमा भीषण वर्षा भई खोलाको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि बिपी राजमार्गको काभ्रेतर्फको सडकखण्डमा सबै सवारी आवागमनलाई बन्द गरिएको छ।

यात्रु यात्रामै नफसुन् र विपदमा नपरुन् भनेर सवारी आवागमन बन्द गरेको प्रहरीले जनाएको छ। सडकको अवस्थाको सम्बन्धमा जानकारी लिनका लागि १०० वा १०३ मा सम्पर्क गर्नसमेत प्रहरीले आग्रह गरेको छ।

सुझावित समाचार