प्रतिक्रियावादी शक्तिहरू आतंकित भएका छन् : प्रधानमन्त्री ओली

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण
प्रतिक्रियावादी शक्तिहरू आतंकित भएका छन् : प्रधानमन्त्री ओली

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतंकित भएको बताएका छन्।

आज आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको टिप्पणी गरे।

एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेको भन्दै उनले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे। 

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नुहुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ। हाम्रा सबै संगठनहरू उत्साहित भएर व्यक्तिव्यक्ति र घरघरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ। लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन। बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’

सुझावित समाचार