पाकिस्तानका चर्चित बलर सोहेल तनविरले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिलो ओभरमै तीन विकेट लिएका छन् । उनले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेललाई गोल्डेन डकआउट गराएका हुन् ।
भुर्तेलको क्याच रवि बोपराले लिएका थिए । त्यसपछि दिलीप नाथ र बास डी लिडेलाई आउट गराएका हुन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो खेलमा तनविरले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका थिए ।