लोकेशले बनाए अर्धशतक

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण
लोकेशले बनाए अर्धशतक

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं/ तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सका ओपनर लोकेश बमले अर्धशतक बनाएका छन्।

बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध बमले अर्धशतक बनाए। विस्फोटक ब्याटिङ गरेका बमले ३२ बलमा ५० रन जोडेका हुन्। उनले ६ छक्का र एक चौका प्रहार गरे।

यसअघि अर्का ओपनर इमरान शेख सात बलमा चार तथा चरिथ असलंका ६ बलमा ३ रन जोडेर पेभेलियन फर्किए।

चौथो नम्बर क्रिजमा आएका सेहान जयसुरिया १० बलमा ११ रन जोडेर रनआउट भए।

सुझावित समाचार