काठमाडौं/ तेस्रो नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा चितवन राइनोजले सामान्य सुरुवात गरेको छ। सुदूरपश्चिम रोयल्सविरुद्ध चितवनले पावरप्लेमा तीन विकेट गुमाएर ३२ रन जोडेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनका तीन खेलाडी दोहोरो अंक नजोडी पेभेलियन फर्किए। ओपनर देव खनालले नौ बलमा ६, कामिल मिसिराले तीन बलमा चार रन र कप्तान रबि बोपाराले आठ बलमा मात्र एक रन बटुले।
सुदूरपश्चिमका हेमन्त धामी, स्कट कुगुलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
चितवन र सुदूरपश्चिमबिचको विजेताले आगामी शनिबार उपाधिका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।