राखेपले गर्‍याे एन्फामाथिको सम्पूर्ण निलम्बन फुकुवा

बिहिबार, ३ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ।

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो।

आजै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली फुटबल महासंघ (एएफसी) बैठकका अवसरमा एएफसी र फिफाका प्रतिनिधिसँग थाइल्यान्डमा भेट गर्दै छन्।

सुझावित समाचार