काठमाडौं । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा चितवन राइनोजले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
बुधबार चितवनका कप्तान रवि बोपराले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेका हुन्। यसअघि कप्तानी गरेका सिकन्दर राजा भने युएईको लिग खेल्न गएका छन्। उनको स्थानमा रविले पुनः कप्तानी जिम्मेवारी लिएका हुन्। करण केसीको कप्तानीमा रहेको काठमाडौंले सुरुमा बलिङ गर्नेछ।
लिग चरणमा काठमाडौं तेस्रो तथा चितवन चौथो हुँदै प्लेअफमा पुगेका थिए। पहिलो क्वालिफायर्समा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ। यो खेलको विजेताले सुदूरपश्चिमसँग फाइनल प्रवेशको लागि खेल्नेछ।