काठमाडौं । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको टिकट एकसाथ झण्डै दुई लाख प्रयोगकर्ताले खरिद गर्न खोज्दा केही मिनेटमै ‘सोल्डआउट’ भएको क्यानले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मैदानको सीमित क्षमताका कारण केही मिनेटमै टिकट सोल्डआउट भएको स्पष्टीकरण दिँदै असुविधाका लागि माफी मागेको छ। तेस्रो एनपिएलको फाइनल भोलि शनिबार हुँदैछ।
‘फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोज्नुभएको, तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुल्ला भएको केही मिनेटमै सम्पूर्ण टिकटहरू सोल्डआउट भएको जानकारी गराउँदछौँ,’ क्यानले विज्ञप्तीमा भनेको छ।
क्यानले टिकट लिन नसकेका समर्थकलाई अनलाइन एवंम् आधिकारिक प्लेटफर्महरुमार्फत खेल हेर्न अनुरोध गरेको छ।