पावर प्लेमा विराटनगरले दुई विकेट गुमाएर ४१ रन जोड्यो

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले कर्णाली याक्स र विराटनगर किंग्सबिचको खेल जारी छ। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पावर प्लेको समाप्तिमा दुई विकटे गुमाएर रन जोडेको छ।

ओपनर लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै पावर प्लेमा उत्कृष्ट सुरुवात दिलाएका छन्। २० बल सामना गरेका उनले २६ रनको योगदान गरे। उनले तीन छक्का र एक चौका प्रहार गरे।

अर्का ओपनर इमरान शेख सात बलमा चार रन जोडेर आउट भए। एक चौका प्रहार गरे। तेस्रो नम्बरमा क्रिजमा आएका चरिथ असलंका ६ बलमा ३ रन जोडेर पेभेलियन फर्किए।

सुझावित समाचार