प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै छन्।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज आफ्ना सबै सांसदलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।