एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भए ।

जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र सूर्यमाया दनुवार निर्वाचित भए । मतदानमा ६ सय ७९ जना सहभागी भएका थिए ।

धुलिखेलमा आयोजित ११औँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए । जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँचजना निर्वाचित भएका छन् ।     
 

See More On

सुझावित समाचार