दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु, चारजना घाइते

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका- ५, मोतीपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेमा बर्दियाकाे गुलरिया नगरपालिका- ११ बस्ने २४ वर्षीय ओमकार थारू रहेका छन् । भारतको लखनउतर्फ उपचारका लागि लैजाने क्रममा थारूको मृत्यु भएको हो ।

घाइते हुनेहरूमा भ.११प ८५६७ नम्बरको मोटरसाइकलचालक बर्दियाकाे बारबर्दिया नगरपालिका- ३, बानियाभार बस्ने २५ वर्षीय आशिष थारू र सोही मोटरसाइकलमा पछाडि सवार बर्दिया बाँसगढी नगरपालिका- ७ बस्ने १८ वर्षीय रमन थारू रहेका छन् ।

यसैगरी भे.५प ९१६१ नम्बरको मोटरसाइकलचालक भारतको लौकाई बस्ने १८ वर्षीय सहाबुदिन खान र सोही मोटरसाइकलमा पछाडि सवार भारतको लौकाई बस्ने २०–२२ वर्षीय जमाल खान रहेका छन् ।

भे.५प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे.११प ८५६७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका थिए । 

सुझावित समाचार